टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

SHARE:

एजेन्सी अक्टोबर २३ ।

टि-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ ।

अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो । भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम आफूले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए ।

इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।

जितसँगै भारत समूह दुईको शीर्ष स्थानमा रहेको छ । पाकिस्तान भने दोस्रो स्थानमा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!