आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाद्वारा श्रीलङ्का पराजित

SHARE:

एजेन्सी अक्टोबर २५ ।

आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह एु को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ ।

आज मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो । श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायो । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए ।

यो जितसँगै अस्ट्रेलिया अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ भने श्रीलङ्का तेस्रो स्थानमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!