लण्डन अक्टोबर २५ ।

बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच आज बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा उनिहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भएको लण्डनस्थित नेपाली दुताबासले जनाएको छ । सो भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए ।
यसैगरी सोमबार बेलायतको संसदमा रहेको बेलायत(नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा तिमिल्सिना सहभागी भएका थिए । तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदैछन् ।






