८९ वर्षीय समाजसेवी नेम्वाङलाई जन्मभूमिमा नौमती बाजासहित भव्य स्वागत

SHARE:

पाँचथर ३ नोभेम्बर २०२२ ।  बेलायतवासी ८९ वर्षीय समाजसेवी एवं पूर्व ब्रिटिस गोर्खा आर्मी कुबेरसिङ नेम्वाङलाई जन्मभूमि पाँचथरको इम्बुङमा नौमती बाजासहित भव्य स्वागत गरिएको छ ।

ससिङदेवी मन्दिर संरक्षण र पर्यटन प्रवर्द्धन योजना समापन र श्रीमती स्व. धनमायाको सम्मान र सम्झनामा करिब ६ लाख रुपैयाँको लगानीमा निर्मित धनमाया स्मृति पार्क उद्घाटनका लागि आएका कुबेरसिङलाई मंगलबार जन्मभूमि फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा भव्य स्वागत गरिएको हो ।

इम्बुङमा अवस्थित ससिङदेवी मन्दिर संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थल बनाउने परिकल्पनाकार छोरा नगेन्द्रराज नेम्वाङ हुन् । नेम्वाङ एभरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक, नेम्वाङ मामा ड्राइभिङ सेन्टरका प्रोपाइटर तथा मनोक्रान्ति बेलायतका प्रवर्तक पनि हुन् ।

समाजसेवी नगेन्द्र नेम्वाङले उक्त योजनाका लागि देश विदेशमा रहेका इम्बुङवासीहरुबाट करिब १२ लाख रुपैयाँ संकलन गरेका थिए । धनमाया स्मृति पार्क करिब ६ लाख रुपैयाँमा बनेको हो ।

नेपालमा मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङले संयोजन गरेका थिए भने विदेशमा नगेन्द्र नेम्बाङले आर्थिक संकलन गरेका थिए । नेपालमा मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङले आर्थिक सहयोग संकलनलगायत पूर्णरुपमा सम्पूर्ण कार्यसमायोजन गरेका थिए ।

आर्थिक सहयोग न्युनतम ५००० देखि १ लाख ५०००० सम्म सहयोग गरेका छन् । सबै सहयोगदाताहरुको नाम सिलालेखमा लेखिने र सम्मानपत्र प्रदान गरी सम्मान गरिने नगेन्द्रराज नेम्वाङले जनाए ।

समाजसेवी कुवेरसिं नेम्वाङ धर्मपत्नी बुधमाया जवेगु नेम्बाङ, जेठा छोरा नगेन्द्रराज नेम्बाङ र नातिनि नेहा नेम्बाङसहित मंगलबार बिहान नेपाल आएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!