निर्वाचन आचारसंहीताको पूर्ण पालना गर्न आयोगको अपिल

SHARE:

काठमाडौं नोभेम्बर ३ ।

चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहीतालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न निर्वाचन आयोगले अपिलगरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु बिहीवारबाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहीतामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्‍याली, गर्दा आचारसंहीतामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गरेका हुन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत हुने दाबीसमेत गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!