पछिल्लो एक महिनामा ८८ हजारबढि पर्यटक नेपाल आए

SHARE:

काठमाडौं नोभेम्बर ४ ।

पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।

अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उनले बताए । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । भारतबाट १६ हजार नौ सय १० र अमेरिकाबाट ११ हजार आठ सय ५९ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय यस वर्षको अटम सिजनमा केही चलायमान भएको छ । नेपाल आएका विदेशी पर्यटकमध्ये धेरैजसो हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणका लागि आएका छन् ।

पर्वतीय पर्यटकको सङ्ख्या कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायी कर्मा शेर्पाले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!