पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा जनवरी १५ मा हुने

SHARE:

लण्डन नोभेम्बर ६ ।

नेपाल पत्रकार महासंघ एफएनजे यूके शाखाको वार्षिक साधारणसभा आगामी जनवरी १५ तारिख आइतबार हुने भएको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यसमिति बैठकले सो दिन अल्डरसटमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा संयोजनको जिम्मा उपाध्यक्ष प्रमिला लाबुङ राईलाई प्रदान गरेको छ । साधारणसभामा शाखाका प्रगति एवम् आर्थिक प्रतिवेदनका साथै अन्य विविध एजेण्डाहरुमा छलफल एवम् समीक्षा गरिनेछ ।

बैठकले एफएनजे यूकेले बेलायतस्थित नेपाली समुदायको सरोकारका विविध विषयहरुमा बहस एवम् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पाक्षिक रुपमा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कार्यक्रमको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले गर्ने भएका छन् । शाखाले विगतमा सञ्चालन गरेका स्वास्थ्यसन्बन्धि चेतनामूलक कार्यक्रम स्थानीय समुदायलाई उपयोगी भएको निष्कर्षसहित अब अन्य विषयमा पनि सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागितामा कार्यक्रम गर्ने योजना बनाएको हो ।

बैठकमा शाखाका सदस्यहरुको सीप तथा क्षमता अभिवृद्धि गर्नका साथै एफएनजे केन्द्रसँगको समन्वय र सहकार्य बढाउने कार्यक्रमहरु पनि आयोजना गर्नेबारे छलफल भएको थियो । शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लाबुङ राई, सचिव मञ्जु भण्डारी, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ र सदस्यहरु गोमा राना, बाचस्पति रेग्मी, मिलन तमुसहित कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!