नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने

SHARE:

काठमाडौँ । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् ।

शक्ति गौचनले सन्यास लिने

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने बुधबार यहाँ आयोजित एक कार्यक्रममा बताए ।

नेपाली क्रिकेट टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!