काठमाडौं नोभेम्बर ८ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ मा बनाइएको वाम गठबन्धन र पार्टी एकता केपी शर्मा ओलीका कारण गुमेको बताएका छन् ।
कर्णालीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले गणतन्त्र अपहरण गर्दै, महिला र दलितको अधिकार खोसेको आरोप लगाए । ओलीले राजनीतिक मूल्य मान्यता गुमाइसकेको भन्दै अध्यक्ष दाहालले ओलीलाई भोट माग्ने अधिकार नरहेको उल्लेख गरे ।
ओलीले भोट माग्नका लागि संविधानको मर्म विपरित गरेका काममा आम नागरिकसँग माफी माग्नुपर्ने उनको भनाई छ ।






