भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

SHARE:

काठमाडौं नोभेम्बर ९ ।

भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले वडा नं। ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। पाँचजना घाइते भएका छन् । मृतकको पहिचान खुलिनसकेको अध्यक्ष उपाध्यायले बताए। ‘थुप्रै घर भत्किएको छ’ उनले भने, ‘पशुचौपायालगायतको क्षतिबारे विवरण आइसकेको छैन।’

पाँच घाइतेलाई उपचचारका लागि जिल्ला अस्पताल लगिएको छ। घर भत्किएर फसेको हुनसक्ने आशंकामा उद्धारको काम अघि बढाएको अध्यक्ष उपाध्यायले बताए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्रविन्दु बनाएर २ः१२ बजे ६.६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि मंगलबार बेलुकी ९ बजेर ७ मिनेटमा ५.७ र राति ११ बजेर ५६ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!