आउँदो चुनावले नेपाल कता जाने भन्ने कुराको फैसला गर्ने प्रधानमन्त्री देउवाको टिप्पणी

SHARE:

काठमाडौं नोभेम्बर ११ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने टिप्पणी गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नम्बर १० ले आज शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए । सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको प्रधानमन्त्री देउवाको जिकिर छ ।

प्रधानमन्त्री देउवाले जथाभाबी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको उल्लेख गरे । गठबन्धन आउँदो १० देखि १५ वर्षसम्म जाने उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!