प्रचण्डले भने: चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन्

SHARE:

काठमाडौं नोभेम्बर १२ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताएका छन् ।

शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राखेका हुन् । यस्तै उनले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गरेका छन् । प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनको भनाई थियो ।

चुनावलाई अग्रगमन रोज्ने कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अर्थ्याउँदै उनले नेपाली नागरिकले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै देशमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गरे । उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि पटकपटक दोहोर्‍याए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!