काठमाडौं नोभेम्बर १४ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई लात्तले हानेको आरोप लगाएका छन् ।
लोकतान्त्रिक–बाम गठबन्धन लमजुङद्वारा लमजुङको राइनासमा आयोजित चुनावी कोणसभामा उनले नेपाली काँग्रेस र माओवादी मिलेर समावेशी सिद्धान्तसहित गणतन्त्र ल्याएको भए पनि एमाले गुटको नेतृत्वले शक्तिमा आएपछि संविधान च्यात्ने, लोकतन्त्रलाई लात्तले हान्ने, राज्य संयन्त्र कब्जामा लिएर हिटलरको शासन चलाउन खोजेको आरोप लगाए ।
‘एमाले गुटको नेतृत्व झुटा कुरा गर्ने, बेइमानी गर्ने। नजिकै कालको मुखमा पसेर आएको म त। मैले सोचेँ संविधान नि बन्यो‚ केपी ओलीले नि हस्ताक्षर गरे, मान्याछन्, अब त के भो ररु वामपन्थी मिले सजिलो होला भनेर म आफैँले प्रस्ताव राखेको त बसेको दिनदेखि नै धोका, बेइमानी र षडयन्त्र,’ प्रचण्डले भने, ‘पहिला–पहिला ओलीले भन्थे संविधानसभा नेपालमा हुनै सक्दैन, गणतन्त्र आउनै सक्दैन, यो समावेशी समानुपातिक हुनै सक्दैन तर भयो। काँग्रेस र माओवादीसमेत मिले त्यतिबेला । एमालेका माधवकुमार नेपालले पनि मानेपछि गणतन्त्र आयो। केपी ओली बाध्य भएर हाम्रो पछि लागे । अब त सच्चिए होलान् भनेको त के को हुन्थ्योरु उनी त लुकेर मौकाको ताकमा बसेका रछन्।’
ओलीले राज्यका सबै संरचनालाई आफ्नो नियन्त्रणमा लिने र संसद् नै विघटन गरेर हिटलर जस्तै शासन चलाउन खोजिरहेको वेला गठबन्धनसहित आम नागरिक र अधिकारवादीहरूको खबरदारीले संविधानको रक्षा गर्न सकिएको दाबी प्रचण्डले गरे । ७० वर्षको सङ्घर्षबाट आएको संविधानलाई च्यात्ने गठबन्धनलाई परास्त गर्नकै लागि वर्तमान सत्तारुढ गठबन्धन बनेको उनको भनाई छ।
लोकतन्त्रमा निर्वाचन आउनु जानु सामान्य कुरा भए पनि आगामी मंसिर ४ गतेको निर्वाचन जनता लोकतन्त्रको पक्षमा छन् कि निरंकुशताको पक्षमा छन् भन्ने कुराको जनमत संग्रह हुने उनले बताए । सङ्घर्ष र बलिदानबाट स्थापित जनताका अधिकार ध्वस्त बनाउन खोज्ने शक्तिलाई निर्वाचित गरेर गल्ती नगर्न उनले सबैसँग अनुरोध गरेका छन् । प्रचण्डले शान्ति प्रक्रियाका केही कामहरू बाँकी नै रहेको र गठबन्धनले जितेपछि ती समस्याको समाधान गरिने आश्वासन पनि दिएका छन् ।
बेपत्ता भएका तथा पीडितहरूलाई राज्यका तर्फबाट दिने सुविधाको बारेमा हुने निर्णय गठबन्धनले अन्तिम अवस्थामा पुर्याएको भन्दै उनले त्यो विधेयकले द्वन्द्वपीडित राजनीतिक दल, सुरक्षाकर्मी र माओवादी सबैलाई बराबर न्याय गर्नेमा विश्वास गर्न अनुरोध पनि गरेका छन् ।






