एजेन्सी नोभेम्बर १५ ।

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ ।
७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ । २० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ । राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ ।
विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो । त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ । यस्तै भारतमा १ अर्ब ३८ करोडभन्दा बढी जनसंख्या छ । त्यस्तै अमेरिकाको जनसंख्या ३३ करोड तथा इन्डोनेशियाको जनसंख्या २७ करोडभन्दा बढी रहेको वल्डोमिटरको तथ्यांक छ ।






