भूपु गोर्खाहरुको मुद्धामा दोस्रो चरणको वार्ता नोभेम्बर २१ मा हुने

SHARE:

लण्डन नोभेम्बर १५ ।

भूतपूर्व गोर्खाहरुको मुद्धामा दोस्रो चरणको बेलायत नेपाल सरकारस्तरीय वार्ता आगामी साता हुने भएको छ ।

भूतपूर्व गोर्खा समेतको सहभागितामा नोभेम्बर ३ तारिख शुरु भएको त्रिपक्षीय वार्ताको दोस्रो चरण नोभेम्बर २१ सोमबार तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख रोशन खनालका अनुसार डेढ घण्टाको लागि निर्धारित दोस्रो चरणको वार्तामा प्राविधिक स्तरमा छलफल हुनेछ। जसको अर्थ दुवै पक्षबाट मन्त्री वा राजदूतबिना वार्तामा सहभागी कर्मचारी स्तरमा मुद्धामाथि विस्तृत छलफल गरिनेछ ।

वार्तामा गोर्खाहरुको तर्फबाट प्रतिनिधिका रुपमा सहभागी मेजर जुदबहादुर गुरुङले वार्ता अब प्राविधिक चरणमा पुगेको जानकारी दिए। ‘अब वार्ता टेक्निकल लेभलमा पुगेको छ। हरेक विषयमा विस्तृत छलफल हुन्छ ।’ हरेक वार्तामा मन्त्री नै बस्न अनिवार्य नहुने भन्दै उनले सम्बन्धित डेस्कका कर्मचारीबीच गृहकार्य गरेर मन्त्री स्तरमा जाँदा छिटो र प्रभावकारी हुने उनले बताए ।

गोर्खा मुद्धामा बेलायत र नेपालबीच सरकारस्तरमा पहिलोपटक शुरु भएको यो वार्तालाई बढीमा आगामी मार्च महिनाभित्र टुंगोमा पुर्‍याउने आशा गरिएको छ। तर वार्ताको अबको विकासक्रम र बेलायतको पोजिसन ‘क्लियर’ नहुँदासम्म यो टाइमलाइनमा ढुक्क हुने अवस्था बनिसकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!