आचारसंहिता उल्लंघन गर्ने दुई मन्त्रीलाई जरिवाना

SHARE:

काठमाडौं नोभेम्बर १९ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई मन्त्रीलाई जरिवाना गरेको छ ।

आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिवाना गरेको हो । आयोगले शहरी विकास मन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । मन्त्री चौधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!