काठमाडौं नोभेम्बर २१ ।

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन् । मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे ।
यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ९दीपक मनाङे० निर्विरोध निर्वाचित भइसकेका छन् ।






