नेपालमा निर्वाचन: काठमाडौं-१ मा कांग्रेसका सिंह र ललितपुर-२ मा एमालेका महर्जन विजयी

SHARE:

काठमाडौं २२ नोभेम्बर २०२२ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गरे । सिंहले सात हजार एक सय ४० मत ल्याए । । साथै, मिश्रले सात हजार ११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

यस्तै ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त गरी विजयी भएका हुन् । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उनले भने ।

उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे । साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!