नेपालमा आमनिर्वाचन : प्रतिनिधिसभा ६ र प्रदेशसभाका ६ क्षेत्रको परिणाम सार्वजनिक

SHARE:

कांग्रेस ४, एमाले र जनमत पार्टी १/१ क्षेत्रमा विजयी

काठमाडौं २२ नोभेम्बर २०२२ । नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म १२ ठाउँको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेस ४, एमाले र जनमत पार्टी १/१ क्षेत्रमा विजयी भएका छन् ।

त्यस्तै प्रदेशसभामा कांग्रेस ४, जनमत पार्टी १ र स्वतन्त्र १ को परिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभाको १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन भएको हो । जसअन्तर्गत देशभर केही ठाउँमा पुन: निर्वाचन हुनेछ भने अन्यत्र मतगणना धमाधम चलिरहेको छ । प्रारम्भिक नतिजा अनुसार कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।

प्रतिनिधिसभा
नेपाली कांग्रेस
काठमाडौं-१ प्रकाशमान सिंह
काठमाडौं-४ गगनकुमार थापा
मनाङ टेकबहादुर गुरुङ
मुस्ताङ योगेश गौचन थकाली

नेकपा एमाले
ललितपुर-२ प्रेमबहादुर महर्जन

जनमत पार्टी
कैलाली-३ गंगाराम चौधरी

प्रदेशसभा

नेपाली कांग्रेस
काठमाडौं ३ (१) छिरिङ दोर्जे लामा
मनाङ (१) मुनिन्द्रजङ गुरुङ
मुस्ताङ १ नम्डु गुरुङ
मुस्ताङ २ बिकल शेरचन
स्वतन्त्र
मनाङ (२) राजीव गुरुङ (दीपक मनाङ्गे) निर्विरोध
जनमत पार्टी
सप्तरी २ (२) महेशप्रसाद यादव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!