विश्वकप फुटबलमा इरानको पहिलो जित, वेल्स २-० ले पराजित

SHARE:

एजेन्सी नोभेम्बर २५ ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।

खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को रोमान्चक जित दिलाए । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।

यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा इरान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!