एजेन्सी नोभेम्बर २७ ।

कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टा रिकासँग पराजित भएको छ ।
ल्याटिन अमेरिकी राष्ट्र कोस्टा रिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो । कतारको अहमद इब्न अली स्टेडियममा भएको खेलमा कोस्टा रिकाका लागि कैसर फुल्लरले ८१ औँ मिनेटमा गोल गरे । यससँगै समूह ‘ई’ मा कोस्टा रिकाले महत्वपूर्ण ३ अंक जोडेको छ ।
यस समूहमा ३ अंकका साथ स्पेन गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । समान ३ अंक रहेका जापान र कोस्टा रिका गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यस समूहको यसअघिको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी कोस्टा रिका स्पेनसँग ७–० गोलअन्तरले पराजित भएको थियो ।






