भूतपूर्व गोर्खाहरुको विदा समयावधि बढाउन एनआरएनए यूकेको आग्रह

SHARE:

लण्डन नोभेम्बर २७ ।

‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शुक्रबार दिउसो युरोप हेर्ने राज्यमन्त्री तथा नेपाली समुदायसंग निकट रहेका पूर्व रक्षाराज्यमन्त्री लियो डोकर्टीमार्फत ज्ञापन पत्र बुझाउंदै विदा समयावधि ९० दिन बढाउन बेलायत सरकारसमक्ष आग्रह गरेका हुन् । अल्डरसटस्थित डोकर्टीको अफिस योर भ्वाइस इन वेष्टमिनिस्टरमा ज्ञापन पत्र बुझाइएको हो । तीन पेज लामो ज्ञापन पत्रमा भूतपूर्व गोर्खाहरुलाई २८ दिनमात्र विदा पर्याप्त नभएको उल्लेख गर्दै गोर्खा स्टाटस कमनवेल्थ देश जस्तो नभइ फरक भएकाले यस नियममा पुनर्विचारका लागि आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘भूतपूर्व गोर्खाहरु विदामा नेपाल जाँदा उनीहरुको बसाइ दुर्गम भौगोलिक विकट ठाउँमा रहेका कारण २८ दिनको समयभित्र पारिवारिक भेटघाट अनि अन्य प्रशासनिक काम गर्न पर्याप्त समय हुँदैन । बेलायतले तीस वर्ष मुनीका गोर्खा वयस्क सन्तानहरुलाई सशर्त आवासीय भिजा दिएपनि सबैका भूपू गोर्खाका सन्तान बेलायतमा नभएकाले छोटो अवधिको बिदा उनीहरुका हकमा निकै कष्टकर बनेको छ ।’

मन्त्री डोकर्टीले भूतपूर्व गोर्खा मुद्दालाई आफूले नजिकबाट हेरिरहेको र यस मागलाई बेलायत सरकारसम्म पुरयाउन आफूले पहल गर्ने बताएको अध्यक्ष गाहामगरले बताए । अध्यक्ष गाहामगरले मन्त्री डोकर्टीसंग गत वर्ष १९ अगष्ट, २०२१ मा भोक हड्तालमा बसेका तीनजना अभियन्तालाई बचाएको स्मरण गर्दै त्यतिबेला आफूले गोर्खा समस्या समाधान गर्न गरेको वाचा अहिलेसम्म पुरा नभएकाले सो प्रतिज्ञा पुरा गर्न दवाव पनि दिएका थिए ।

ज्ञापन पत्रमा गोर्खा इतिहास, उनीहरुको योगदान अनि बेलायतको आवासीय अधिकार, एनआरएनए यूकेको काम कर्तव्य लगायत पक्ष पनि अवगत गराइएको छ । ज्ञापन पत्र बुझाउन एनआरएनए यूकेका प्रमुख सल्लाहकार क्याप्टेन वीर थापा, मद्दत समूहका संयोजक तथा सल्लाहकार क्याप्टेन विष्णु श्रेष्ठ, गोर्खा आमा समूहकी सेट्टीमाया गुरुङ लगायत कयौं भूतपूर्व गोर्खा सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!