नेपाल निर्वाचन : समानुपातिकतर्फ साढे ९५ लाख मत गनियो, कुन दलको कति ?

SHARE:

काठमाडौं २९ नोभेम्बर २०२२ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९५ लाख ६० हजार सात १६४ मत गणना गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिह्मा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार मंगलबार बिहान पौने ९ बजेसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २५ लाख ७९ हजार ८ सय ३८ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २४ लाख ४८ हजार ३ सय ५१, नेकपा(माओवादी केन्द्र)ले १० लाख ९७ हजार ३ सय ६५, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार ७७, मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५१ हजार २२, जनता समाजवादी पार्टीले तीन लाख ५७ हजार २ सय १० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ९९ हजार २ सय ४८ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ६४ हजार ३३ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।

निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट आँकडा त आइसकेको छैन तर खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार २ सय ८७, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३७ हजार ७००, नेपाल मजदूर किसान पार्टीले ७३ हजार १३५, हाम्रो नेपाली पार्टीले ५३ हजार २७७ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार १४०, राष्ट्रिय जनमोर्चाले ४५ हजार २ सय ६३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३५ हजार ३ सय ६७ र नेकपा(माले)ले २८ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ८ सय ३७ मत प्राप्त गरेको छ ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!