सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

SHARE:

काठमाडौं नोभेम्बर २९ ।

नेकपा एकीकृत समाजवादी वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालयमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले शतर्क हुनुपर्ने आवश्यकताको महशुुुस गरेको बताए । उनले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडी बढाएर लानुपर्ने बताए ।

त्यस्तै, सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेका सन्दर्भमा सो विषयमा समेत छलफल भएको उनले जानकारी दिए । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनले बताए । बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भुमिका खेल्ने सरकारी निकायहरुलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीहरुलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावन अनुसार काम गर्ने पार्टीको निस्कर्ष रहेको स्पष्ट पारे । उनले निर्वाचनको समग्र समिक्षा भने सबै जिल्लाहरुबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरुमा गरिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!