सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न ओलीलाई बालेनको चेतावनी

SHARE:

काठमाडौँ नोभेम्बर २९ ।

 

काठमाडौँ महानगरका प्रमुख बालेन साहले सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् ।

मंगलवार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै यस्तो चेतावनी दिएका हुन् । ओलीले मंगलवार दिउँसो काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति प्रकट गरेका थिए। उनले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर बालेनलाई चुनौती दिएका थिए ।

बालेनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुमवासीको समस्या समाधान गर्न नसकेको भन्दै गम्भीर विषयमा मजाक नगर्न पनि सुझाव दिएका छन् । बालेनले प्रश्न गरे‚ ‘पटक पटक मन्त्री र त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुमवासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुमवासीहरू तपाईका लागि भोट बैंक मात्रै रहे।’

ओलीले भनेका थिए, ‘त्यहाँ को छन् र चिसामा बसेका बालबालिका, वृद्धवृद्धा, अशक्त छन्। तिनैलाई पराजित गर्न गएको होला सरकार, गठबन्धन सरकारको उन्माद बढ्दै गएको छ।’ मेयर साहले लुँहिटी सुनधारा सक्काएर सेतो टावर किन ठड्याएको‚ हनुमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई बनाउन दिएको भन्दै आलोचना गरेका छन् ।

बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न आग्रह गर्दै यसरी कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न पनि स्पष्ट पारेका छन् ।​ यसैबीच ओलीले आजै दिउँसो आयोगका पदाधिकारीलाई किन तनखा खुवाएको भन्दै त्योभन्दा १५–२० वटा डोजर किनेको भए भइहाल्थ्यो भन्दै मेयर बालेनको खिल्ली उडाएका थिए । आफ्नो नेतृत्वको सरकारले आयोग गठन गरेर काम गर्न लाग्दा आफूहरूलाई सरकारबाट हटाइएको भन्दै ओलीले आफ्नो बचाउ गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!