नेपाल निर्वाचन: समानुपातिक तर्फको एक करोड ५ लाख मतगणना, कुन दलको कति ?

SHARE:

काठमाडौं नोभेम्बर ३० ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समानुपातिक तर्फको मतगणना सकिने चरणमा रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार अहिलेसम्म १ करोड पाँच लाख मतगणना भइसकेको छ । गणना भइसकेको मतमध्ये ५ प्रतिशत हराहारी बदर भएको छ । प्रत्यक्षमा भन्दा १ लाख बढी मत खसेको समानुपातिकतर्फ अब पाँच लाख हाराहारी मत मात्रै गणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ, भट्टराईले भने, ‘केही ठाउँमा गणना भइरहेको छ भने केही गणना भइसकेका पनि हाम्रो प्रणालीमा इन्ट्री गर्न बाँकी रहेको छ।’ दोलखा, स्याङजा २ र बाजुराको मतगणना नै सुरु हुन सकेको छैन। स्याङजामा गणना सुरु गर्ने या पुनः मतदान गर्ने भन्नेमा आयुक्तहरुबीच नै मत बाझिएकाले आयोगले निर्णय गर्न सकेको छैन।

धाँधली भएको उजुरी पछि आयोगले दोलखाका १० मतदान केन्द्रमा भने भोलि पुनः मतदान गराउँदैछ । अहिलेसम्मको गणनामा सात दलले राष्ट्रिय मान्यता पाउने मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादी भने थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको छ। अब गणना हुन बाँकी मत र अहिलेसम्म समाजवादीले पाएको मतको अनुपात हेर्दा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कमजोर देखिएको छ।

निर्वाचन आयोगले गणना भएको मध्ये ९९ लाख ९३ हजार ५ सय ६८ मत सदर भएको जनाएको छ। जसमध्ये नेकपा एमाले कांग्रेसभन्दा झण्डै डेढलाख मतले अगाडि रहेको छ। हालसम्म एमालेले २६ लाख ९४ हजार १ सय २४ मत ल्याएर पहिलो स्थानमा रहँदा कांग्रेसले २५ लाख ४८ हजार ७ सय ७८ मत पाएको छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५ सय मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १ सय ७१ मत ल्याएको छ। राप्रपाले ५ लाख ७० हजार १ सय, जसपाले ३ लाख ८८ हजार ४ सय ८२, जनमत पार्टीले ३ लाख ४६ हजार ९ सय मत पाएको छ । दलको मान्यता पाउने अबस्था कमजोर बनेको नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३ सय मत प्राप्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!