भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज नेपाली राजदूतावास, लण्डनमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ। सो बिषयमा नेपाली राजदूतावास लण्डनले जारि गरेको प्रेस बिज्ञप्ति जस्ताको त्यस्तै।

प्रेस विज्ञप्ति
३० नोभेम्बर २०२२ – लन्डन| भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज नेपाली राजदूतावास, लण्डनमा प्राविधिक स्तरको वैठक सम्पन्न भयो। वैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को वैठक छिटै गरिने सहमति भएको छ। बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ, मेजर (अ.प्रा.) टिकेन्द्र दल देवान, मेजर (अ.प्रा.) उदयबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो।
नेपाली राजदूतावास, लण्डन
३० नोभेम्बर २०२२







