
धनुषा ३ डिसेम्बर २०२२ । जन्ती चढेको जिप दुर्घटना हुँदा धनुषामा शनिबार बिहान ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बा १ ज ८२९३ नम्बरको जिप पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा शनिबार बिहान करिब साढे ४ बजे दुर्घटना भएको हो । पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट लिएर जिप फर्किँदै थियो ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेहरूमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एसकुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह रहेको धनुषाका एसपी बसन्त रजोरेले जानकारी दिनुभयो । अन्यको परिचय खुलेको छैन ।






