गठबन्धन नतोड्ने माओवादीको निर्णय

SHARE:

काठमाडौं डिसेम्बर ३ ।

नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘गठबन्धन छाड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प खुला राख्ने निर्णय भएको छ।’ महराले भने, ‘आज प्रारम्भिक समीक्षा भयो, संघमा अपेक्षा गरेजसरी सिट हासिल गर्न सकिएन भन्ने छ, अब सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुन्छ।’

गठबन्धन बहुमत तर्फ उन्मुख भइरहँदा माओवादीले अरु दलसँग पनि संवादको ढोका खुलै राख्नुलाई एमालेप्रति ग्रीन सिग्नलका रुपमा लिइएको छ। माओवादीका महासचिव देव गुरुङले अपेक्षा अनुसार सिट नआएको विषयमा छलफल प्रवेश गरेको बताए । सरकार निर्माणका सन्दर्भमा गठबन्धनकै नेतृत्वलाई प्राथमिकता दिँदै अन्य दलसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको उनको भनाई छ।

नेता मातृका यादवले पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पुनः बस्नेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!