सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने माओवादी केन्द्रको निर्णय

SHARE:

काठमाडौं डिसेम्बर ४ ।

नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पारे । भोलि गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने उनको भनाइ छ । अहिले आफूहरू गठबन्धनमै रहेको कारणले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको जिकिर गरे । अहिले गठबन्धनमै भएकाले मुख्य प्राथमिकता नै त्यही हुने उनले दाबी गरे ।

उनले भने, ‘हिजो प्रवक्ताज्यूले कुन प्रसङ्गमा भन्नुभयो त्यो थाहा भएन। तर, अहिलेसम्म सरकार गठनको विकल्पबारे छलफल भएकै छैन ।’ अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उनको भनाइ छ। पार्टीले तुरुन्तै गठबन्धनको विकल्प अवस्थामा नरहेको दाबी गरे ।

निर्वाचनको प्रारम्भिक समीक्षा भएको बताउँदै पार्टी स्थायी र केन्द्रीय कमिटीमा छलफल हुने बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!