
काठमाडौं ५ डिसेम्बर २०२२ । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३६ स्थानमा जित हात पारेको माओवादी केन्द्र नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सँगको गठबन्धनको बाबजुद पनि १८ सिटमा खुम्चिनु परेको हो ।
माओवादीका महासचिव देवप्रसाद गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्रीहरु गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, महेश्वरजंग गहतराज, बिना मगर, चक्रपाणि खनाल, पम्फा भुसालले हार व्यहोर्नु परेको छ ।
गठबन्धनको भागमा परेको ४७ सिटमध्ये माओवादीले ४४ सिट आफ्ना नेता उठाएको थियो भने आफ्नो चिनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लडेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट दुई जनालाई उम्मेदवार बनाएको थियो ।
प्रत्यक्षतर्फको सोमबार आएको अन्तिम परिणाम अनुसार नेसपाका १ सहित माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, बहालवाला अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेलसहित १७ जनाले जित निकालेका छन् ।
जितेकाहरु
१. सिन्धुली–२ : लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक – १ : माधव सापकोटा
३. बागलुङ –२ : देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा – २ : पुष्पकमल दाहाल
८. दाङ –२ : रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ – रामकुमार राई
११. मोरङ ४– अमनलाल मोदी
१२. भोजपुर– सुदन किराती
१३. नुवाकोट- १ : हितबहादुर तामाङ
१४ कालीकोट – महेन्द्रबहादुर शाही
१५ सर्लाही-२ : महिन्द्र राय यादव (नेसपा)
१६ हुम्ला- १ : छिरिङ डम्डुल लामा (भोटे)
१७ काभ्रेपलाञ्चोक-१ : सुर्यमान तामाङ (दोङ)
१८ दोलखा- गंगा कार्की






