नेपाल निर्वाचन: प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न, सात पार्टी बने राष्ट्रिय दल

SHARE:

काठमाडौं डिसेम्बर ६ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । “मतगणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो,” उनले भने,“ केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो । एक करोड ५ लाख ६० हजार ६७ मत नै कुल मत हो ।”

अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका हुन् । जसमा नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगको तथ्यांकले देखाउँछ ।

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । जबकि प्रत्यक्षतर्फ भएको निर्वाचनमा भने एमालेले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ । प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको तथ्यांकले देखाउाछ । उसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको हो ।

जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो । त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!