अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौँ: प्रधानमन्त्री देउवा

SHARE:

काठमाडौं डिसेम्बर ६ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरी समाधानको उपाय निकाल्ने बताए । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानका लागि नेतृत्व लिने प्रतिबद्धता जनाएका थिए ।

महासङ्घ प्रतिनिधिमण्डलले यसअघि आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो । यस्तै प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि भेट गरी सो विषयमा ध्यानाकर्षण गराइसकेको छ ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँगको भेटवार्तामा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ ।

महासङ्घले निजी क्षेत्रको लगानी सङ्कुचित भई राजस्वसमेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागू भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको छ, ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, अन्तर्राष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स र फ्रेट शुल्कमा समेत वृद्धि भएकोलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!