प्रधानन्यायाधीश जबरालाई दिइएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

SHARE:

काठमाडौं डिसेम्बर ७ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

संसद सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र दिएको र आजै जबरा सर्वोच्च आउने तयारी भएसँगै जबरालाई सर्वोच्च आउन रोक्नका लागि बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । सर्वोच्च बार एसोसिएसनका सदस्‍य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद सचिवालयले जबरालाई दिएको पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

जबरा आज दिउँसो ३ बजे अदालत जाने भनिए पनि अन्तिममा निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन् । अपरान्ह ४ बजेपछि कार्यालय समय सकिएकाले कर्मचारीहरू पनि निस्किएका छन् । शुक्रबार बिहान १० बजेसम्मका लागि धर्ना स्थगित गरिएको नेपाल बार एसोसियशनले जनाएको छ । भोलि बिहीबार सार्वजनिक विदा भएकाले अब शुक्रबार मात्रै धर्ना गरिने बारका एक पदाधिकारीले बताए ।

स्रोतका अनुसार गृह मन्त्रालयले पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउन प्रहरीलाई सर्कुलर गरेपछि उनी बुधबार हाजिर हुन पाएनन् । निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल यही २७ गते सकिँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!