नेपाल निर्वाचन: प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलका कति सांसद ? (तालिका सहित )

SHARE:

काठमाडौं डिसेम्बर ७ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ ।

आयोगले आज बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट पाएको छ । दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँचरपाँच सिट पाएका छन् ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ । यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नौरनौ सिट पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एकरएक सिट पाएका छन् ।

प्रदेश सभातर्फ सात वटै प्रदेशमा गरी समानुपातिकतर्फ दुई सय २० सिट हुन्छ ।

यस्तो छ तालिका

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!