बेलायतमा राजा चार्ल्स तृतीयको तस्वीर अंकित सिक्का प्रकाशन

SHARE:

लण्डन डिसेम्बर ८ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ ।

रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२ वटा शाखाहरूबाट ती मुद्राहरू लिन सकिनेछ । ती सिक्काहरू करिब ४९ लाख पाउण्ड बराबरको निस्कासन गरिएको छ ।

सो सिक्काको डिजाइन मार्टिन जेनिङ्ले गरेका हुन् र उनको डिजाइनलाई राजदरबारले स्वीकृति दिएको हो । बेलायतमा सेप्टेम्बरमा महारानीको निधन पछि चार्ल्स तृतीय राजा बनेका छन् र महारानीको तस्वीर अंकित मुद्राहरू अब प्रतिस्थापन गरिँदैछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!