कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

SHARE:

काठमाडौं डिसेम्बर १० ।

कालिकोटको फुकोट अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना बेपत्ता र तीन जना घाइते भएका कालिकोटका प्रहरी निरीक्षक शुबराज बमले जानकारी दिए । उनका अनुसार कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ का ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, कालिकोटकै अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र १४ वर्षका रक्तिम कार्की बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार बेपत्ता भएका डोजर चालक कमल सोडारीसँग आयोजना घुम्नका लागि पुगेका स्थानीयहरु दुर्घटनामा परेका हुन् । घाइतेहरु रास्कोट नगरपालिका ७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका ११ का १४ वर्षीय विकास भारती र १४ वर्षकै आशिष भारतीको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।

आज दिउँसो सान्नी त्रिवेणी १ अधेरीखोला स्थित ४८० मेगावाटको फुकोट कर्णाली हाइड्रो पावर निर्माणाधीन सुरुङभित्र पानीको अवस्था चेकजाँच गरी फर्कने क्रममा वाइवा इन्ट्राठेड कम्पनीको जेसीबी कर्णाली करिडोरबाट ८० मिटर तल नदीमा खसेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!