चुनावमा अपेक्षित परिणाम नआए पनि संसदमा माओवादी निर्णायक छ: प्रचण्ड

SHARE:

काठमाडौं डिसेमबर १० ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहने दाबी गरेका छन् ।

राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकिर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिष्टम केन्द्रीय रुपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढतासमेत व्यक्त गरे ।

उनले भने, ‘हामीले सोचेकोजस्तो अपेक्षा गरेको जस्तो पक्कै पनि भएन । त्यो साँचो कुरा हो । त्यसका कारणहरुको खोजी र त्यसको समीक्षा पनि हामी गर्दैछौँ। तर, हामी खुम्चियौँ भन्नुको मतलब राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रीय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन ।’

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदूपयोग गरेर अघि बढ्न नसक्दा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पारे । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सूचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!