पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जित्यो

SHARE:

एजेन्सी डिसेम्बर १२ ।

पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ ।

पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो । तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिनको दोस्रो सेसनमा तीन सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक ९४ रन बनाए ।

यस्तै इमाम उल–हकले ६०, मोहम्मद नवाज तथा अब्दुल्लाह सफिकले ४५/४५ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले चार तथा ओइली रोबिनसन र जेम्स एन्डरसनले दुईरदुई विकेट लिएका छन् । इङ्ग्ल्यान्डले पहिरो पारीमा दुई सय ८१ र दोस्रो पारीमा दुई सय ७५ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक सय आठ रन बनाए । पाकिस्तान पहिरो पारीमा दुई सय दुई रन बनाएको थियो ।

इङ्ग्ल्यान्डले पहिलो टेस्ट ७४ रनले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो डिसेम्बर १७ देखि सुरु हुनेछ । विश्व टेस्ट च्याम्पियनशिपमा इङ्ग्ल्यान्ड पाँचौँ र पाकिस्तान छैटौँ स्थानमा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!