जाजरकोट जिप दुर्घटना अपडेट: मृतकको संख्या ११ पुग्यो

SHARE:

काठमाडौं डिसेम्बर १२ ।

जाजरकोटमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको मृत्यु भएको जानकारी दिए ।

छेडागाड–५ की जैभान अधिकारी सिकिस्त छन्। बोलेरोमा १२ जना सवार थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!