काठमाडौं डिसेम्बर १३ ।

काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो । उनका अनुसार बनेपा नगरपालिका वडा-११ सल्लेबाट बेथानचोक-५ चल्टीमा ब्रतबन्दमा पुगेर फर्केको बस दुर्घटनामा परेको हो ।
प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए । घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।






