लण्डन डिसेम्बर १४ ।

नेपाली जनसम्पर्क समिति बेलायत एनपीसीसी यूकेको कार्यकारी अधिकार सभापति महेशकुमार दाहाल चयन भएका छन् ।
गत वर्ष २७ नोभेम्बर २०२१ का दिन सम्पन्न समितिको पाँचौं अधिवेशनमा भएको सहमति एवं निर्वाचन समितिको निर्णय बमोजिम २८ नोभेम्बरदेखि दाहाल कार्यकारी सभापति बनेका हुन् । गत वर्ष चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने सहमति गरेको थियो ।
सभापति दाहालले एक विज्ञप्ति जारी गर्दै विगत केहि समय देखि जनसम्पर्क समिति बेलायतको विगत अधिवेशनको प्रक्रियासंग असहमति राखी उपस्थित नभएका साथीहरुलाई संवाद, एकता र सहकार्यका लागि आहवान गरेका छन् । दाहालले निकट भविष्यमा नेपाली कांग्रेस पार्टीको साख अझै बढाउन र जनहित सरोकारको विषयमा समितिले अझै प्रभावकारी काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सभापति दाहालले आफ्नो कार्यकाल पुरा गरेका निवर्तमान सभापति युवराज गुरुङलाई पनि धन्यवाद दिएका छन् ।






