काठमाडौं डिसेम्बर १५ ।

आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो । निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने छ ।
आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला र १८४ जना पुरुष छन् । जसमध्ये नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट १४, जनता समाजवादी पार्टी जसपाबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी नेमकिपा र राष्ट्रिय जनमोर्चाबाट १र१ जना सदस्य निर्वाचित भएका छन् । यस्तै ५ जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन् ।






