बेलायत सरकारको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण

SHARE:

लण्डन डिसेम्बर १६ ।

बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलाइत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताए । “बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत चार दशमलव पाँच मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ”, राजदूत पोलिटले भन्नुभयो, “नेपालमा बेलायतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।”

कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चङ्खेली हिमालको तीन हजार तीन सय मिटरको अग्लोडाँडा पार गर्दा सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् । बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरुप यो सडक निर्माण भएको राजदूत पोलिटले जनाए ।

उनका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ । सडक सञ्चालन आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उहाँको दाबी छ । सडक निर्माणको अवधिमा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको भने श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो ।

परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो । बेलायत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले रु आठ लाख बराबरको आम्दानी गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!