प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

SHARE:

काठमाडौं डिसेम्बर १७ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हुन् । प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेका सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पारे । मन्त्री कार्कीले भने ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाईहरुलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ । गठबन्धनको बैठक भईसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईहरुलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढन चाहन्छौं । ’

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!