काठमाडौं १८ डिसेम्बर २०२२ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आठौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । महासंघको महासचिवमा सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार भएकी छन् ।
यसैगरि महासंघको उपाध्यक्षमा कल्पना भट्टचन, कमला चेपाङ र सुमित्रा ताजपुरिया, कोषाध्यक्षमा देबमती छन्त्याल, परियोजना तथा विदेश सचिवमा सनम राजवंशी, अनुसन्धान तथा संचार सचिवमा नुमा मेचे, मातृभाष तथा संस्कृति सचिवमा बास्मती राजि र जनसम्पर्क तथा संगठन बिस्तार सचिवमा रिना बराम निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने प्रत्येक वर्ष महासंघमा दर्ता क्रमानुसार परिवर्तन हुँदै जाने प्रक्रियानुसार व्यासी सौंका महिला संघका अध्यक्ष पुस्पा बुढाथोकी पहिला नै चयन भएकी थिइन् ।
निर्वाचन मण्डलमा राष्ट्रिय आदिवासी जनजाति अपांग महिला महासंघ नेपालका अध्यक्ष प्रतिमा गुरुङ, विविसिका महासचिव कृष्ण कुमारी वाईबा र लाहुर्निपका निवर्तमान अध्यक्ष शान्तीकुमारी राई रहेकी थिइन् ।
जनजाति महिला महासंघको आठौँ महाधिवेशनको उद्घाटन समाहरोह बुधबार जमलस्थित संस्कृतिक संस्थान नाचघरमा भएको थियो । महादिवेशनको उद्घाटन महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले गरेकी थिइन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीको अध्यक्षमा भएको कार्यक्रममा महासंघले संस्थापकहरुलाई अभिनन्दन गरिएको थियो ।






