लण्डन डिसेम्बर १९ ।

मर्दिखोला समाज यूकेको वार्षिक भेला आउँदो १३ मे २०२३ मा हुने भएको छ ।
अध्यक्ष चन्द्रसिङ गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले रेडिङ बुद्धिस्ट गुम्बालाई समाजको तर्फबाट सहयोग गर्ने र नेपाली मेलामा भाग लिने निर्णय पनि गरेको अध्यक्ष चन्द्रसिङ गुरुङले जानकारी दिए ।
बैठकमा पदाधिकारी तथा कार्यसमितिका १८ जनाको उपस्थिति थियो ।






