खोटाङमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट

SHARE:

काठमाडौं डिसेम्बर १९ ।

खोटाङको केपिलासगढी गाउँपालिका ४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् ।

आज सोमवार बेलुकी स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबर राईको घर एक्स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले जानकारी द्रिए। आगलागीमा व्यापार व्यवसाय सञ्चालन हुँदै आएका घरहरू जलेका हुन् ।

बेलुकी पौने ६ बजेतिर सुरु भएको आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुङ्गा माटो र पानी हालेर केहीबेरअघि निभाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!