सगरमाथा गोरखा नेपाली कम्युनिटीद्वारा घरबारविहीनहरूलाई आर्थिक सहयोग

SHARE:

लण्डन डिसेम्बर २२ ।

सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्ड केन्टले क्रिसमसको समयमा घरबारविहीनहरूलाई खाना खुवाउनका लागि आर्थिक सहयोग गरेको छ ।

कम्युनिटीका सदस्यहरूबाट संकलित १ हजार ३२२ पाउण्ड कम्युनिटीका अध्यक्ष कप्रसाद छन्त्यालको नेतृत्वमा गएको कम्युनिटीको टोलीले बुधबार स्थानिय फुड बैँकलाई हस्तान्तरण गरेको छ ।

कम्युनिटीले सन् २०१५ देखि नै क्रिसमसको समयमा घरबारविहीनहरूलाई खाना खुवाउने कार्य गर्दै आएको थियो । शुरुमा खाद्यवस्तु नै संकलन गर्ने गरेकोमा कोरोना महामारीपछि नगद संकलन गरी फूड बैँकलाई बुझाउने र फुड बैँकले घरबारविहीनहरूलाई कम्युनिटीका तर्फबाट खाना खुवाउने गरेको छ ।

यसपटकको खाद्यान्न दान संकलनको संयोजन उपाध्यक्ष चिरन राईले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!