हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ : प्रधानमन्त्री दाहाल

SHARE:

काठमाडौं डिसेम्बर २७ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन् ।
दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ। म भारतविरुद्ध छैन। विगतका विवाद बिर्सिएर अघि बढ्न चाहन्छु।’

अन्तरवाताका क्रममा दाहालले दिएको अभिव्यक्तिले भारतसँग रहेको आफ्नो तीक्त सम्बन्धन सुधार गर्न चाहेका छन् । उनले आफू प्रधानमन्त्रीको शपथ लिएर राष्ट्रपति भवनबाट बाहिर निस्किदै गर्दा सबैभन्दा पहिले भारतीय राजदूत नविन श्रीवास्तवले फोनबाट बधाइ दिएको भन्दै खुशी व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्रीले ट्वीटमार्फत बधाइ दिएको मा पनि उनले अन्तरवार्तामा कृतज्ञता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भारतसँग कुनै समस्या भएमा आफूहरु छलफलका माध्यमबाट समाधान गर्न तयार रहेको जनाएका छन्। गत साउनमा भारत भ्रमणमा गएका दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भेट्न बोलाएर अन्तिम समयमा समय दिएनन् ।

मोदी भेट्न हिँडेका दाहाल बीच बाटोबाटै फर्किएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!